२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

प्रहरी निरीक्षक शिवाकोटीलाई थुनामा पठाउन आदेश



काठमाडौँ-जिल्ला अदालत काठमाडौँले प्रहरी निरीक्षक बिदुर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक शिवाकोटीलाई बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार शिवाकोटीलाई घरेलु श्रमिकका रूपमा राखिएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

जेठ २३ मा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  ६ : ३४ बजे