२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

सौर्य एयरलाइन्सको विमान दुर्घटना : चार जनाको शव निकालियो, उद्धार कार्य जारी



काठमाडौँ– पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये चार जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार अग्नि नियन्त्रकहरुले चार जनाको शव निकालेका हुन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउन बाँकी छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ००:००  १२ : ११ बजे