११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

झापाको दुधेमा पिकअपको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु



बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दुधेमा भएको सवारी दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ । दुर्घटनामा शिवसताक्षी नगरपालिका ९ की ४० वर्षीया जानुका अधिकारीको मृत्यु भएको हो ।

अधिकारी प्र १-०१-०१७ प ४१ ७२ नम्बरको स्कुटरमा सवार थिइन् । उनलाई प्र १-०१-००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको हो । सडक पार गर्न लाग्दा पिकअपले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएन्डसी हस्पिटल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

घटनापछि पिकअप चालक इलाम नगरपालिका २१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार ००:००  ७ : ४३ बजे