विराटनगर- रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी सुरेन्द्र कुशवाहा बुधवारराति विराटनगरबाट पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय, मधेस प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । आरोपी कुशवाहा नेपाली सेनाका भगौडा रहेको खुलेको छ ।
खजुरीयास्थित आफ्नो घरबाट बाराको कलैयाबजारतर्फ जाने क्रममा जेठ ३२ गते साँझ ५ बजेको समयमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या भएको थियो ।