माेरङ-सरकारले कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गरेको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले आइतबार गुरागाईंलाई नियुक्त गरेका हुन्।
लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा २ बमोजिम गठित समितिको सिफारिसमा गुरागाईंलाई अध्यक्ष नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष गुरागाईंलाई विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको सपथ गराएका छन्।














