झापा- नेकपा एमालेले पुस १० गते बुधबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको जानकारी दिए ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजना लगायत विषयमा छलफल हुने गौतमले जानकारी दिए ।
बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ ।