६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

चीन भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली दिउँसो काठमाडौँ आइपुग्ने कार्यतालिका छ ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली मंसिर १७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभयो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ ।

पारस्परिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार ००:००  ८ : ३७ बजे