बिर्तामोड-सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार झापाको बिर्तामोडमा रक्तदान आयोजना गरेको छ । सत्रौँ वार्षिक उत्सवका अवसरमा सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदानमा ५१ जनाले रक्तदान गरेकाे सहकारी संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिए ।
सञ्चालक समितिका उपाध्यक्ष दिनेशकुमार सुवेदीको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ ।