११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मोटरसाइकलको ठक्करबाट चप्रामारीमा बालकको मृत्यु



बिर्तामोड-मोटरसाइकलको ठक्करबाट सोमबार दिउँसो झापाको कनकाई नगरपालिका ५ चप्रामारीमा ७ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय विनोद पाठकका छोरा सोहन पाठकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको हो ।

चप्रामारीको भित्री सडक खण्डमा मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । घाइते भएका बालकलाई बिर्ता सिटी हस्पिटलले लगत्तै मृत घोषणा गरेको हो ।

दुर्घटनापछि मोटरसाइकल चालक सोही ठाउँका २२ वर्षीय आजत मिया फरार भएको प्रहरीले जनाएको छ । घटनापछि चालकको खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन सोडारीले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ००:००  ८ : १५ बजे