८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

कार्य सम्पादन सम्झौता कार्यान्वयन गर्न मातहतका अधिकारीलाई कोशी प्रदेशका डीआइजीको निर्देशन



झापा-कोशी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले कार्य सम्पादन सम्झौता प्रभावकारी कार्यान्वयनका लागि मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् । बिहीबार भर्चुअल माध्यमबाट भएको छलफलमा प्रहरी प्रमुख खापुङले यस्तो निर्देशन दिएका हुन् ।

छलफलका क्रममा डीआइजी खापुङले १४ वटै जिल्लाका प्रहरी प्रमुख, प्रशिक्षण प्रदायक कार्यालय र अन्य कार्यालय प्रमुखसँग चौमासिक कार्यसम्पादन समीक्षा पनि गरेका छन् ।

छलफलमा डीआइजी खापुङले प्रमाणमुखी अनुसन्धानलाई प्रभावकारी बनाउन, फरार अपराधी पक्राउलाई तीव्रता दिन र लागूऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर परिणाम देखिने गरी परिचालित हुन निर्देशन दिएका छन् ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि समेत प्रहरी अधिकारीहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा डीआइजी खापुङको जोड छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ००:००  ९ : ५५ बजे