मोरङ-कोशी प्रदेशका प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री बनेका केदार कार्की सर्वोच्च अदालतमा गएका छन् ।
आफूलाई पदमुक्त गरेर अर्को सरकार गठन गरिएकोप्रति आपत्ति जनाउँदै निवर्तमान मुख्यमन्त्री कार्की प्रदेश प्रमुखको कदम असंवैधानिक भएको दाबीसहित सर्वोच्च गएका हुन् ।
बिहीबार प्रदेश प्रमुख खापुङले नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेकपा माओवादी केन्द्रसमेतको समर्थन लिएर कार्की तेस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।