१ असार २०८३, सोमबार | Mon Jun 15 2026

३२ करोड रुपैयाँले घट्यो नेपाली चियाको निर्यात



झापा-नेपालमा उत्पादित चियाको निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ करोड रुपैयाँले चियाको निर्यात घटेको तथ्याङ्कले देखाएको हो ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९३ करोड रुपैयाँको चिया निर्यात भएको थियो । तर गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रूपैयाँको मात्रै चिया निर्यात भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

लागत अनुसार मूल्य नपाएपछि उत्पादकले चिया बिक्री नगरी स्टक राखेका कारण निर्यातमा कमी आएको सरोकारवाला बताउँछन् । नेपाली चियाको मुख्य बजार भारत हो ।

भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर विश्व बजारमा आफ्नो ब्राण्डका रूपमा महँगो मूल्यमा बेच्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ००:००  ८ : ३७ बजे