बिर्तामोड-नेकपा एमाले निकट अनेरास्ववियुको कोशी प्रदेश स्तरीय प्रचार भेला झापाको बिर्तामोडमा बुधबारदेखि सुरु भएको छ । विद्यार्थीलाई सूचना प्रविधिमा जोड्दै लैजाने उद्देश्यले आयोजित प्रचार भेला बिहीबारसम्म चल्ने छ ।
प्रचार भेलामा कोशी प्रदेशका एक हजार भन्दाबढी अनेरास्ववियुका नेता कार्यकर्ता सहभागी छन् । प्रचार भेलाको एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले उद्घाटन गरेका छन् ।
प्रचार भेलामा सूचना प्रविधिको बढ्दो प्रयोग र यसको माध्यमबाट जनस्तरमा प्रवाह गर्न सकिने सूचनाका विषयमा गम्भीर समीक्षात्मक बहस हुने काेसी प्रदेशका उपाध्यक्ष नारायण पोखरेलले बताए ।