झापा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न ठूला राजनीतिक दललाई आग्रह गरेका छन् ।
समावेशीतालाई खारेज गर्ने मनासायले कांग्रेस एमालेको नयाँ गठबन्धन बनेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्ने गरी संविधान संशोधन गर्न प्रस्ताव गरेका हुन् । ।
प्रतिनिधिसभाबाट शुक्रवार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको स्पष्ट पारेका छन् ।
‘साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? प्रधानमन्त्री दाहालले प्रश्न गरे ।


















