बिर्तामोड-पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा अक्षय कोषका लागि सहयोग जुट्न थालेको छ ।
धामको अक्षय कोषका लागि विभिन्न क्षेत्रबाट आएका भक्तजनले यथासक्य सहयोग गरिरहेका छन् । प्रचार समितिका संयोजक निरज ओलीका अनुसार अहिलेसम्म १५ लाख २८ हजार रुपैयाँ सङ्कलन भएको छ ।
अक्षय कोषको ब्याजबाट धाममा सञ्चालित गुरुकुलका बटुकका लागि खाद्यान्न र शिक्षा दीक्षाको व्यवस्था मिलाइने प्रचार संयोजक ओलीले जानकारी दिए ।
अर्जुनधारा जलेश्वर धामका कोषाध्यक्ष समेत रहेका मनोज जोशी अक्षय कोषमा २ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको बताउँछन् । धाममा आउने भक्तजनले अक्षय कोषका लागि सहयोग गर्दै आएका छन् ।


















