१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

माओवादीको जनाधार बलियो बन्दै गएको प्रचण्डको दाबी



काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफ्नो पार्टीकाे जनाधार बढ्दै गएको बताएका छन् ।

सरकारमा रहँदा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेपछि माओवादी पार्टीप्रति सर्वसाधारणको आकर्षण बढेको अध्यक्ष दाहालले बताएका हुन् ।

अध्यक्ष दाहाल बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै थिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार ००:००  ७ : ३७ बजे