२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

दमकमा टेलरका कर्मचारीमाथि लेनदेन विवादमा छुरा प्रहार : भाग्दै गर्दा स्कुटी दुर्घटना



दमक-झापाको दमकस्थित नमुना सटिङ सुटिङ टेलर कार्यरत सोनु अहमतमाथि छुरा प्रहार भएको छ । सोमबार मध्यान्ह अहमतमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार लेनदेनको विषयलाई लिएर धरान उपमहानगरपालिका ३ घर भएका एजात अहमतले सोनुमाथि छुरा हानेका हुन् ।

पेटको बायाँपट्टि छुरा हानेर घाइते बनाइएका सोनुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीका अनुसार छुरा हानेर भागेका अहमत स्कुटी दुर्घटनामा परेका छन् ।

अहमत सवार प्रदेश १-०२-०४५ प ६३१९ नम्बरको स्कुटी दमक गणतन्त्र चाेकमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका उनको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार ००:००  १० : २८ बजे