झापा-नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनबाट थापाको नेतृत्वमा नेपाल जेसीजको कार्यकारिणी समिति निर्वाचित भएको हो ।
सुनसरीको इटहरीमा भएको निर्वाचनपछि प्राप्त मत परिणाम अनुसार थापाले ७८२ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्दी जीवन कार्कीले ४५३ मत प्राप्त गरेका छन् ।
मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी थापा अविच्छिन्न जेसीज अभियानमा सक्रिय रहँदै आएकी छन् । विभिन्न संघसंस्थामा पनि थापाको नेतृत्वदायी भूमिका छ ।
जेसीजको कार्यकारणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।