३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

दमकमा हात्तीको आक्रमणबाट भण्डारीको मृत्यु



बिर्तामोड-झापाको दमकमा शनिवार मध्यरातमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राति २ बजे आएको हात्तीले आक्रमण गर्दा दमक-३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।

छिमेकी सुबिन भट्टराईको किचन घर भत्काउन लाग्दा भण्डारीले हात्तीलाई धपाउन खोजेका थिए । हात्तीले १०० मिटर परसम्म लखेटेर भण्डारीलाई लछारपछार पारेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार ००:००  ७ : ०७ बजे