झापा- राहदानी सेवा सुरु भएको छ । सर्भरमा समस्या आएपछि पाँचदिनदेखि राहदानी सेवा बन्द भएको थियो । सेवा बन्द भएपछि सेवाग्राही समस्यामा परेका थिए ।
सेवा नियमित गर्न नसकेको भन्दै सेवाग्राहीले तीव्र आक्रोश व्यक्त गरिरहेका बेला राहदानी विभागले मंगलवारदेखि सेवा नियमित भएको जनाएको हो ।
जिल्ला, इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गर्दै जाने विभागको तयारी छ ।
सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राहदानी पठाउने कार्य सुरु भइसकेको विभागले जनाएको छ ।