१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

प्रहरी पोशाकमा टिकटक बनाउने दुई प्रहरी अधिकारी कारबाहीमा



कास्की- प्रहरी पोशाकमा टिकटक बनाउने दुई प्रहरी अधिकारी कारबाहीमा परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयले उनीहरुमाथि कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा अस्थायी ट्राफिक प्रहरी पोस्ट कास्कीमा कार्यरत प्रहरी सहायक हल्दार हरिचन्द्र रिमाल र प्रहरी जवान कोपिला थापा मगर छन् ।

प्रदेश प्रहरी कार्यालयको उजुरी छानबिन शाखाले प्रहरी आचरण विपरीत गतिविधि गरेको जनाउँदै उनीहरूमाथि कारबाही गरेको हो ।

प्रदेश प्रहरी कार्यालयले आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ को पूर्णरूपमा पालना गर्न गराउन मातहतका सबै कार्यालयलाई निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ००:००  ७ : ४८ बजे