बिर्तामोड-सहकारी विभागले दोहोरो सदस्यता अन्त्यका लागि सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै एकभन्दा बढी सहकारी संस्थाको सदस्य बन्न नहुने जनाएको हो ।
सहकारी ऐन २०७४ लाई टेकेर विभागले दोहोरो सदस्यता अन्त्यका लागि सार्वजनिक रूपमा सहकारी संस्थाहरूलाई अपिल गरेको हो ।
सहकारी विभागका उपरजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायले दोहोरो सदस्यता अन्त्यका लागि सहकारीहरूलाई निर्देशन दिइएको बताए ।
विभागले एकै प्रकृतिका एक भन्दाबढी सहकारी संस्थाहरूको सदस्यता लिएको भए कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राख्न अनुरोध गरेको छ ।