९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

दूधको रकम भुक्तानी गर्न किसान महासङ्घ झापाको माग



बिर्तामोड-नेपाल किसान महासङ्घ झापाले दुग्ध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । झापाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै महासङ्घले बक्यौता रकम अविलम्ब भुक्तानी दिन माग गरेको हो ।

महासङ्घका अध्यक्ष रतन थिङलाबोले किसानको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको बताए । विभिन्न ११ सुत्रिय माग राखेर महासङ्घले ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए ।

किसानका माग सम्बोधन नगरे सङ्घर्षमा उत्रनुको विकल्प नभएको जनाउँदै महासङ्घले किसानको समुन्नतिले मात्रै राष्ट्रको समुन्नति हुनेतर्फ सरकारलाई सचेत पनि गराएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार ००:००  १० : ०७ बजे