चितवन-बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक तहमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत अस्पतालले भदौदेखि प्रदेश तहमा सेवा विस्तार गर्न लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच सैयाकाे क्यान्सर उपचार कक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार हुन लागेको छ ।
कोशी प्रदेशको धनकुटामा क्यान्सर अस्पतालले आफ्नो सेवा विस्तार गर्नेछ । मधेसको जनकपुर, गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमकाे धनगढीमा सेवा विस्तार हुने निर्देशक पौडेलले बताए ।
सेवा विस्तार गरिएका अस्पतालमा हरेक महिना एक सातासम्म विशेषज्ञ चिकित्सक सहितको टोली खटिनेछ ।प्रदेशका सबै स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन हुने निर्देशक पौडेलले बताए ।


















