बिर्तामोड-झापाका चारवटा स्थानीय तहले हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेका छन् । आदिवासी बाहुल्य क्षेत्रका पालिकाले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
झापाको कचनकवल, हल्दीबारी, झापा र गौरीगञ्ज गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । ठूली एकादशीलाई आदिवासीहरूले महान पर्वको रुपमा मनाउने गर्छन् ।