११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

झापामा २० हजार भन्दाबढी लागूऔषध प्रयोगकर्ता : तीन वर्षमा ११ सय जना पक्राउ



झापा-लागूऔषध कारोबारको अड्डा बनेको झापामा प्रयोगकर्ताको सङ्ख्या २० हजारभन्दा माथि रहेको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार झापामा खैरो हिरोइनका प्रयोगकर्ता २० हजार ५ सयको हाराहारीमा छन् ।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका प्रहरी नायब निरीक्षक सोमेश लामिछानेले काठमाडौँपछि सबैभन्दा धेरै लागूऔषध प्रयोगकर्ता झापामा रहेको बताए । खुला सीमाका कारण प्रयोगकर्ताको सङ्ख्या बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा लागूऔषध कारोबार र सेवनमा संलग्न १ हजार १ सय ५ जना पक्राउ परेका छन् । तीमध्ये ९६ जना महिला रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तका साथबाट प्रहरीले ४.५ किलो ब्राउन सुगर ९६.५ किलो गाँजा बरामद गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार ००:००  १२ : ५३ बजे