काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको बिजुली तत्काल जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि कार्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा मन्त्री दीपक खड्काले बताए ।
मिटरका आधारमा बक्यौता असुल उपर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको मन्त्री खड्काले जानकारी दिए ।
















