काठमाडौँ-नेपाल भए सेवा निगमले अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा रहेको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलले जहाज नियमित सञ्चालनमा रहेको जनाएका हुन् ।
कतिपय सञ्चार माध्यममा अन्तर्राष्ट्रिय उडानमा रहेका निगमका तीनवटै जहाजमा समस्या रहेको सार्वजनिक भएको थियो । लगत्तै निगम व्यवस्थापनले यस विषयमा थप प्रष्ट पारेको हो ।
प्रवक्ता पौडेलले प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी विमान पनि आवश्यक जाँचपछि नियमित उडानमा रहेको बताए ।
एउटा वाइडबडी विमान पनि मर्मतपछि आइतबारबाट सञ्चालनमा आएको प्रवक्ता पौडेलले जानकारी दिए । निगमका विमानले आइतबार कतार र सोमबार जापान उडान भर्ने कार्य तालिका रहेको छ ।


















