बिर्तामोड- बिर्तामोड नगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी कार्यपालिका सदस्य सीता ढुंगानाले पाएकी छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाईले ढुंगानालाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएकी हुन् ।
नगर प्रमुख प्रसाईले केहीदिन जिल्ला बाहिर रहने जनाउँदै कार्यपालिका सदस्य ढुंगानालाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको नगरपालिका स्रोतले जनाएको छ । ढुंगानाले आइतवारदेखि जिम्मेवारी सम्हालेकी छिन् ।
प्रसाई फर्केर नआउञ्जेल ढुंगानाले कार्यवाहकको जिम्मेवारी सम्हाल्नेछिन् । नगरका उपप्रमुख नगेन्द्र संग्रौला पनि केही दिनदेखि नगरपालिकाको कामको सिलसिलामा संघीय राजधानी काठमाडौँमा छन् ।