१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

साउन महिनाको राजस्व लक्ष्यमा सरकार असफल



काठमाडौँ-सरकार राजस्व सङ्कलनको पूर्ववत लक्ष्यमा असफल भएको छ । साउन महिनाको लक्ष्य पूरा गर्न सरकारलाई मुस्किल परेको हो ।

सरकारले साउनमा १ खर्ब २० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, ९६ अर्ब ९५ करोड रुपैयाँ मात्रै सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो महिना साउनमा भन्दा चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन १० प्रतिशतले बढेको छ । तर, लक्ष्यअनुसार राजस्व नउठेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

लक्ष्यअनुसार राजस्व सङ्कलन नभए बढ्दो अनिवार्य दायित्वले अर्थ मन्त्रालयलाई समस्यामा पार्ने सरोकारवालाले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार ००:००  ११ : ३१ बजे