बिर्तामोड-बैंकिङ कसुर मुद्दामा फरार रहेकी एकजना महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-६ दासपुल घर भएकी ५८ वर्षीया मुना श्रेष्ठ पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार श्रेष्ठलाई कार्तिक १८ गते साँझ ७ बजे घरैबाट पक्राउ गरिएको हो । उनी लामो समयदेखि फरार रहँदै आएकी थिइन् ।
उच्च अदालत पाटनले २०७३ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै एकदिन कैद र २ लाख २० हजार जरिवाना तोकेको प्रहरीले जनाएको छ ।
२०७९ साउन २३ गतेको अर्को फैसलाले पनि श्रेष्ठलाई दोषी ठहर गर्दै १८ दिन कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियाे ।