झापा-नेकपा एमालेले कार्तिक २४ गतेका लागि सचिवालय बैठक बोलाएको छ । स्थानीय तहको उपचुनाव, समसामयिक राजनीतिक परिस्थिति लगायतबारे छलफल गर्न एमालेले सचिवालय बैठक डाकेको हो ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले कार्तिक २४ गतेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए ।
सचिवालय बैठकमा आसन्न स्थानीय तहको उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।