५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

नेकपा एमालेले बोलायो सचिवालय बैठक



झापा-नेकपा एमालेले कार्तिक २४ गतेका लागि सचिवालय बैठक बोलाएको छ । स्थानीय तहको उपचुनाव, समसामयिक राजनीतिक परिस्थिति लगायतबारे छलफल गर्न एमालेले सचिवालय बैठक डाकेको हो ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले कार्तिक २४ गतेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

सचिवालय बैठकमा आसन्न स्थानीय तहको उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार ००:००  ७ : ४३ बजे