१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

ब्राउन सुगरसहित टाघनडुब्बाबाट समातिए भारतीय नागरिक



झापा-झापा गाउँपालिका-४ टाघनडुब्वाबाट प्रहरीले लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट साइकलमा चढेर नेपालतर्फ आउँदै गरेका सोमाई किस्कु ब्राउन सुगरसहित समातिएका हुन् ।

किसनगञ्ज जिल्लाको सतकुवा डिगलबैंक पञ्चायत वडा नम्बर १ का ३६ वर्षीय किस्कुकाे साथमा १६ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखाेदबाट खटिएको प्रहरी टोलीले किस्कुलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार ००:००  ८ : ४२ बजे