झापा-सुर्खेत प्रहरीले २४ वर्षपछि एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ७ घर भएका ६१ वर्षीय भक्तबहादुर बिष्ट छन् ।
श्रीमतीलाई १५ हजार भारतीय रुपैयाँमा बेचेको आरोपमा २४ वर्षपछि बिष्टलाई प्रहरीले पक्राउ गरेको सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र वीर विश्वकर्माले बताए ।
मानव बेचबिखन मुद्दाका फरार अभियुक्त बिष्ट प्रहरीको खोजी सूचीमा थिए । इलाका प्रहरी कार्यालय गुटुकाे प्रहरी टोलीले बुधबार बिष्टलाई नियन्त्रणमा लिएको हो ।
२०५७ मङ्सिर २३ गते बिष्टले श्रीमती नामसरादेवी कँडेललाई भारतमा बेचेको प्रहरीमा जाहेरी दर्ता भएको थियो । दुई महिनाअघि बिहे गरेकी श्रीमतीलाई उनले १५ हजार भारुमा बेचेको जनाइएको छ ।