२ असार २०८२, सोमबार | Tue Jun 17 2025

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोको बन्ध्याकरण !



ताप्लेजुङ– रेडपाण्डा संरक्षणका लागि ताप्लेजुङमा कुकुर र बिरालोको बन्ध्याकरण अभियान सुरु गरिएको छ । रेडपाण्डा पाइने बस्तीमा कुकुर र बिरालोको नियन्त्रणका लागि बन्ध्याकरण अभियान थालिएको हो ।

रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले यो अभियान सञ्चालन गरिरहेको छ । मञ्चका सचिव विविश केदेमले कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डाको संरक्षण सुरु गरिएको बताए ।

मञ्चका कार्यक्रम संयोजक रमेश राई रेडपाण्डाको संरक्षणका लागि हिमाली क्षेत्रमा कुकुर र बिरालोको नियन्त्रण अनिवार्य भएको बताउँछन् । उनले करिब ३६८ कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप दिइएको बताए ।

मञ्चका सदस्य भिङमारे लिम्बूका अनुसार कार्तिक अन्तिम सातादेखि मङ्सिर पहिलो सातासम्म फुरुम्बु क्षेत्रका बस्तीमा कुकुरका लागि बन्ध्याकरण शिविर आयोजना गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ००:००  ९ : २० बजे