बिर्तामोड-पूर्वी जिल्ला झापामा पछिल्लो तीन महिनामा डेङ्गुको सङ्क्रमण उच्च देखिएको छ । सरकारी अधिकारीहरूले जोखिम घटिनसकेको जनाउँदै उच्च सतर्कता अपनाउनुपर्ने जनाएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार भदौमा १४३ जनामा डेङ्गुको संक्रमण देखिएको छ । असोजमा ८४ र कार्तिकमा ७४ जनामा संक्रमण देखिएको सूचना अधिकारी चुडामणि लुइटेलले बताए ।
डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका तर्फबाट विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । स्थानीय तहले पनि आवश्यकताका आधारमा नियन्त्रणको प्रयास गरिरहेका छन् ।