९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सिम्रिक सहकारीका उत्कृष्ट सदस्य पुरस्कृत



बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट बचतकर्ताहरूलाई पुरस्कृत गरेको छ । संस्थाको १४ औँ वार्षिक साधारणसभाको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरिएको हाे ।

पुरस्कृत हुनेमा कमल पाण्डे, फुलमाया तामाङ, बीरबहादुर राई, परशुराम बस्नेत, अजय साह लगायत रहेका छन् । सहकारी ले उत्कृष्ट सेवा केन्द्रका रूपमा मधुमल्लालाई पुरस्कृत गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्र महतारा प्रसाई, सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा संस्थाले आयोजना गरेको सिलाई कटाई तालिममा उत्कृष्ट भएकी बब्ली खातुनलाई सिलाई मेसिन हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार ००:००  १० : ४५ बजे