८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

झापामा सवारी दुर्घटना : एक वर्षमा ८७ जनाको मृत्यु



बिर्तामोड-झापामा पछिल्लो एक वर्षमा भएका सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको छ । छ बालबालिका, ७१ पुरुष र १० जना महिलाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो ।

ट्राफिक अधिकारीहरूले अघिल्ला वर्षको तुलनामा यस वर्ष झापामा सवारी दुर्घटना कम भएको जनाएका छन् । दुर्घटना कम भएसँगै २३ दशमलव ६८ प्रतिशतले मानवीय क्षतिका घटनामा कमी आएको उनीहरूको दाबी छ ।

अघिल्लो आर्थिक वर्षमा झापामा आठ बालबालिकासहित ११४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ००:००  ८ : १२ बजे