१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कोशीको अध्यक्षमा दवाडी



बिर्तामोड-नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कोशी प्रदेशको अध्यक्षमा व्यवसायी टंकप्रसाद दवाडी चयन भएका छन् ।

सोमबार भएको भेलाले यातायात व्यवसायको क्षेत्रमा लामो समयदेखि सक्रिय एवम् अनुभवी व्यक्तित्व दवाडीको अध्यक्षतामा प्रादेशिक तहको नेतृत्व चयन गरेको हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेको सङ्घले पहिलो पटक कोशी प्रदेशमा आफ्नो सांगठनिक संरचना विस्तार गरेको छ ।

कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच सङ्घको नयाँ नेतृत्व चयन भएको हो ।

सङ्घको उपाध्यक्षमा धनबहादुर श्रेष्ठ, सचिवमा हरि थापा, सह-सचिवमा उमेश बस्नेत ४ कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ रहेका छन् । सदस्यमा मिलन क्षेत्री, हेमराज दाहाल र नइम अन्सारी छन् ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका प्रमुख अतिथि थापाले यातायात व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानका लागि पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर, पार्टीका प्रदेश महामन्त्री उमेश थापा, यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष हीरा उदास, धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई लगायतको आतिथ्य रहेको थियो ।

नेपाल लाेकतान्त्रिक यातायात व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष राजेन्द्र रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ००:००  ८ : ४५ बजे