१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

सहाराद्वारा कृषक समूहलाई बीउ बोका वितरण



बिर्तामोड-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले नश्ल सुधारका लागि कृषकलाई बीउ बोका वितरण गरेको छ । नश्ल सुधार कार्यक्रम अन्तर्गत सहाराले बोका उपहार कार्यक्रम सञ्चालन गरेको हो ।

झापाको गोलधाप र हाेक्से कृषक समूहलाई बोका वितरण गरिएको सहारा नेपाल कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले बताए । संयोजक ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच बाेका वितरण गरिएको हाे ।

उन्नत जातको बीउ र नश्ल सुधार कार्यक्रममार्फत कृषकलाई आयआर्जनतर्फ उन्मुख गराउने उद्देश्यले सहाराले कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष हरि राजवंशी बताउँछन् ।

प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीका अनुसार सहाराले इलाम, झापा, मोरङ लगायतका ६ जिल्लामा कृषकको जीवनस्तर परिवर्तन गर्ने गरी अभियान सञ्चालन गरिरहेको छ ।

लगनशील सहारा कृषक समूह केराबारी, देउराली सहारा कृषक समूह गाेलधाप, सृजनशील सहारा कृषक समूह बुधबारे र बिहिबारे सहारा कृषक समूह दानाबारीलाई नश्ल सुधारका लागि बोका वितरण गरिएको छ ।

समितिका संयोजक ओलीका अनुसार पाकिस्तानी र अफगानिस्तान जातका बोकाहरू खरिद गरी कृषक समूहलाई वितरण गरिएको हो ।

सहाराले आफ्नो कार्यक्षेत्रमा हालसम्म ४४ वटा समूह बनाउँदै किसानलाई निःशुल्क रुपमा बीउबिजन र नश्ल सुधारका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ००:००  ९ : ०१ बजे