काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको प्रदर्शनमा घुसपैठ भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै पार्टीले घुसपैठ भएको जनाएको हो ।
घुसपैठमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्नुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीले जोड दिएको छ । उसले यो प्रक्रियामा सघाउन तयार रहेको स्पष्ट पारेको छ ।
कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण हिजो पनि भेटिएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र प्रहरीबीच बुधबार चितवनमा झडप भएको थियो । पार्टी सदस्यहरूबाट सञ्चारकर्मीमाथि कुटपिट भएको भने आशंकासहित प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ ।