झापा-नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्न खर्च गर्दै आएको करिब डेढ अर्ब रुपैयाँ यो वर्ष जोगिएको छ । नयाँ नोट प्रयोजनका लागि बर्सेनी राष्ट्र बैंकको रुपैयाँ खर्च हुँदै आएको थियो ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार गतवर्ष मात्रै नयाँ नोट मुद्रणका लागि डेढ अर्ब रुपैयाँ खर्च भएको थियो । तर, यस वर्ष नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको निर्णयका कारण ठूलो रकम जोगिएको हो ।
दशैंका बेला राष्ट्र बैंकले यसवर्ष सुकिला नोट मात्रै साट्ने व्यवस्था गरेको थियो । यसवर्ष सुकिला नोटको सटही चार अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
अघिल्लो वर्षको दशैँमा २९ अर्ब रूपैयाँको नयाँ नोट सटही भएको थियो । यसवर्ष २५ अर्ब रुपैयाँले नयाँ नोटको सटही घटेको छ ।