७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्की पक्राउ



मोरङ-निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश सभा सचिवालय अगाडि अनसन बसेका कार्कीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा अनसन बसेका कारण पूर्व मुख्यमन्त्री कार्कीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । प्रहरीले हस्तक्षेप गरी अनसनस्थलबाट कार्कीलाई हटाउन खोजेको थियो ।

अनसनस्थलमा प्रहरीले हस्तक्षेप गरेपछि मुख्यमन्त्री कार्कीका समर्थक र प्रहरीबीच झडप समेत भएको छ ‌। झडपमा केही प्रहरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार ००:००  ८ : २२ बजे