बुटवल-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने टिप्पणी गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा बयान दिएर बाहिरिने क्रममा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले यस्तो टिप्पणी गरेका हुन् ।
सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा २६ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेले समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै छोटो धारणा राखेका थिए ।
सभापति लामिछानेलाई आजै पोखराबाट बयानका लागि रूपन्देही लगिएको हो । सभापति लामिछानेको गिरफ्तारीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दै आएका छन् ।