८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु



विराटनगर– सेफ्टी ट्यांकीमा डुबेर मोरङमा मंगलवार एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ५ का अनिल पासवानको अढाई वर्षीय छोरा नितेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मंगलबार अपरान्ह साढे ४ बजे खेल्दै जाने क्रममा नितेश निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्यांकीमा डुबेका थिए । लगत्तै उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको थियो ।

तर, उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  १२ : १० बजे