९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

किसानले अझै पाएनन् दूधको भुक्तानी : आश्वासनमै रमायो सरकार



झापा-दुग्ध उत्पादक किसानले अझै मूल्य नपाएको गुनासो गरिरहेका छन् । तत्काल उद्योगीसँग छलफल गरेर दूधको मूल्य दिने भनिए पनि उपलब्धि नभएको किसानको गुनासो छ ।

सरकारी अधिकारीहरूसँगको छलफलमा पटकपटक उद्योगीले दुधको मूल्य उपलब्ध गराउने बताए पनि भनेअनुसार नगर्दा आफूहरुलाई चल्नै समस्या भएको कृषक थिरप्रसाद सिग्देलले बताए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानको समस्याबारे आफू जानकार रहेको बताउँदै आए पनि रकम भुक्तानीका लागि ठोस पहल कदमी गर्न सकेको छैन ।

मन्त्री रामनाथ अधिकारी किसानसँग उधारोमा दुध लिने र डेरी तथा उद्योगीले भुक्तानी गर्नुपर्ने रकम अन्यत्र लगाउने गरेको जनाउँदै त्यस विरुद्ध मन्त्रालयले तत्काल कदम चाल्ने बताए ।

दुग्ध विकास संस्थान मार्फत किसानलाई रकम भुक्तानी गर्ने भनिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। मन्त्रालयका सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्र दूधको उत्पादन बढ्दै जाँदा यसको व्यवस्थापनमा चुनौती थपिएको बताउँछन्।

डाक्टर मिश्रले किसानले समयमा भुक्तानी नपाउने विषय दूधको व्यवस्थापनसँग जोडिएको बताउँदै यस विषयमा अध्ययन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डले पहल गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार ००:००  ९ : २२ बजे