२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

अर्जुनधाराका तामाङ ब्राउन सुगरसहित काँकडभिट्टा नाकाबाट पक्राउ



काँकडभिट्टा-झापाको अर्जुनधारा-११ का रबिन तामाङ ब्राउन सुगरसहित काँकडभिट्टा नाकाबाट पक्राउ परेका छन् । भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका तामाङलाई मङ्गलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

शङ्का लागेर चेक जाँच गर्दा मोटरसाइकलको ट्याङ्कीमा लुकाएर ल्याएको एक ग्राम २९० मिलिग्राम ब्राउन सुगर तामाङका साथमा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मे ११ प ३९४ नम्बरको मोटरसाइकलमा सवार रहेका तामाङलाई शङ्का लागेर लागूऔषध नियन्त्रण ब्युरोको टोलीले चेकजाँच गरेको थियो । उनलाई काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार ००:००  ७ : २० बजे