७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा प्रशिक्षण गर्ने नेपाल महिला सङ्घको निर्णय



झापा– नेपाल महिला सङ्घ झापाले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सङ्घको बैठकले भदौ २ गतेदेखि ७ गतेसम्म प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

महिलाको नेतृत्व विकास, महिला अधिकार सम्बन्धी कानुनी व्यवस्था, प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला सङ्घ लगायतका विषयमा प्रशिक्षण दिइने नेपाल महिला सङ्घ झापाकी अध्यक्ष टीकादेवी सिटौलाले बताइन् ।

नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । सचिव उर्मिला ढकालका अनुसार प्रशिक्षणमा वडा, गाउँ, नगर र क्षेत्रका पदाधिकारी एवम् सदस्यको सहभागिता रहनेछ ।

बैठकले आगामी साउन २४ गते महिला सङ्घको ७७ औँ स्थापना दिवस रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको सचिव ढकालले बताइन् ‌।

बैठकमा सहभागी गाउँ, नगर र क्षेत्रीय सभापतिहरूलाई संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको फोटो उपहार स्वरूप प्रदान गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ००:००  ५ : ३५ बजे