१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

एमालेद्वारा संसदीय दलको बैठक आह्वान



झापा– बदलिदो नयाँ सत्ता समीकरणपछि नेकपा एमालेले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबारका लागि संसदीय दलको बैठक आह्वान गरेको छ ।

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी एमालेले आइतबार १० बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको हो । सोमबार मध्यरातमा कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।

काङ्ग्रेस एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सन्दर्भमा भएको सहमतिका विषयमा सांसदहरुलाई जानकारी दिने गरी बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

नयाँ सहमतिपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले बुधबार फिर्ता लिएको थियो । समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरूले सरकारलाई राजीनामा बुझाएका थिए ।

काङ्ग्रेस एमालेबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् । चुनावी सरकारको नेतृत्व भने कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ००:००  ८ : ३८ बजे