८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मर्स्याङ्दी नदीमा बस खस्यो, बसमा थिए ४० यात्रु



झापा-पोखरादेखि काठमाडौंका लागि छुटेको बस मर्स्याङ्दी नदीमा खसेको छ । बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा खसेको बस भारतीय नम्वरको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जानकारी बताए । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताए ।

मर्स्याङ्दी नदी हुनुपर्नेमा त्रिशूली भएकाले सच्याइएको छ ।)

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ००:००  १२ : ०८ बजे